सिड्नीमा” सन्ध्याकालिन साहित्यिक कार्यक्रम” सम्पन्न :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजनामा यहि १२ मे २०१९ आईतबार सांझ  सिड्नीमा” सन्ध्याकालिन साहित्यिक कार्यक्रम” सम्पन्न भएको छ। सिड्नी स्थित रिभरउडमा आयोजना गरिएको सो कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको केन्द्रिय उपसभापति,रुपन्देहीको देवदहमा अवस्थित केरवानी मा. वि का प्राचार्य,देवदहका सामुदायिक विद्यालय परिवारका संयोजक, तथा “बौद्ध शिक्षा र देवदह परिचय” स्थानीय पाठ्यक्रम निर्माण समितीका सदस्य दुर्गादत्त शर्मा तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक (अंग्रेजी केन्द्रिय विभाग)हाल सिड्नी युनिभर्सिटीमा “द स्कुल अफ आर्ट लिट्रेचर एण्ड मिडिया” मा पिएचडी गर्दैगर्नुभएका जीवनाथ लम्साललाई अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले अनेसासको तर्फबाट स्वागत गर्नुभएको थियो।

कार्यक्रममा साहित्यअनुरागीहरुले आ-आफ्नो रचना वाचन गरेका थिए। अमुलराज देवकोटाले आफ्नो परिचय सहित पैताला शीर्षकको कविता सुनाए भने तुलसा पाण्डेले गजल,गीतबाट मन्त्रमग्ध बनाइन, कवि सुरेन्द्र दवाडीले वाचन गरेको कविताले सबैको हृदय छोयो,अनेसासका केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटाले प्रवासमा सबैको साहित्यिक चौतारी बन्न सफलभएको अनेसासले संसारभर थूप्रै साहित्यिक गतिविधीहरुगर्दै आएको बताउनुको साथै सुन्दर कविता वाचन गर्नुभएको थियो। अनेसास एनएसडब्लु अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले कविता संग्रह प्रवासका जूनहरूबाट केहि कविता सुनाएका थिए। अनेसास एनएसडब्लुका सांस्कृतिक संयोजक मनोज पाण्डेले स्वर सम्राट नारायण गोपालको मिठो गीत सुनाएका थिए। साहित्य के हो ?विश्वमा साहित्य कस्तो छ? विश्वको साहित्यमा नेपाली साहित्य कहाँछ? किन साहित्य लेख्ने? भन्ने बिषयमा जीवनाथ लम्सालले अत्यन्तै गम्भिर ,तार्किक तथा तथ्यसहित आफ्नो विचार राख्नुभयो जुन अत्यन्तै रोचकथियो ।

अष्ट्रेलियाको भ्रमणमा रहनुभएका दुर्गादत्त शर्माले यो भूगोलबाट थूप्रै राम्राकुरा सिक्न सकिने बताउनुभयो। सो कार्यक्रममा साहित्यकार निर्मल ढुङ्गानाको कथा संग्रह “बतासा” सबै उपस्थित साहित्यअनुरागीहरुलाई दुर्गादत्त शर्माले प्रदान गर्नुभएको थियो भने जीवनाथ लम्सालले सो कथा संग्रहबाट ” बतासा”शीर्षकको कथा केही हरफ वाचन गरी सुनाउनुभएको थियो।

अनेसास एनएसडब्लु अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले कार्यक्रममा उपस्थित सबै साहित्यअनुरागीहरुलाई आभारप्रकट गर्दै धन्यबाद दिएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु