बच्चा जन्माउने वित्तिकै आमाले किन शिशुलाई बाँसघारीमा फालीन् ?

काठमाडाैँ । पाेखरामा एक आमाले बच्चा जन्मने बितिकै बच्चालाई बाँसघारीमा फालेर हिँडेकी थिइन् । सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकै उक्त घटना घटेकाे हाे । बाँसघारीमा नवजात शिशु फेला परेपछि स्थानीय जम्मा भएर प्रहरीलाई खबर गरे । प्रहरीले घटना स्थलमा पुगेर सोधपुछ गरेर शिशुकाे आमा पत्ता लगायाे । बच्चा फाल्ने महिला उदयपुर घर भई हाल पोखरा बस्दै आएकी रञ्जु भनिने सीमा मगर रहेकाे प्रहरीले बताएकाे छ । प्रहरीले सोधपुछ गर्न थालेपछि मगरले बच्चा फालेको स्वीकार गरिन् ।

बैवाहिक सम्बन्धपछि गर्भवती भएकी सीमालाई केहि समय अघि श्रीमानले छाडेपछि एक्लै पोखरामा मजदुरी गर्दै आएकी थिईन् । श्रीमानले छाडेका कारण आर्थिक अवस्था कमजोर भएर पालनपोषण गरेर हुर्काउने आँट नभएकाले आफुले बच्चा फाल्न बाध्य भएकाे मगरले प्रहरीलाई बताएकि छिन् ।

बच्चालाई सेतो कपडामा बेरेर अरु कसैले देख्ने गरी आफु बस्दै आएको घर नजिकैको बाँसघारिमा लगेर छाडेकाे मगरले बताइन् ताकी अरूले बच्चा देखेर लगेर पालाेस् । प्रहरीका अनुसार हाल शिशुको फेला परेको शिशु हाल गण्डकी अस्पतालमा उपचार भईरहेको छ भने सीमा प्रहरीको नियन्त्रणमा छिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु