सुखी जीवनकालागि यी पाँच कुरा सधैं ध्यानमा राख्नुस्

काठमाडौं। आज नवमी तिथि हो। प्राचीन समयमा यही तिथिमा माता सिता धर्तीमा प्रकट भएकी थिइन्। त्यही भएर यो तिथिलाई सिता नवमी पनि भनिन्छ। राजा जनक खेत जोतिरहेका थिए, तब धर्तीबाट एक कन्या प्राप्त भइन्। हलोको फालीलाई सिता भनिन्छ, त्यही भएर कन्याको नाम सिता राखियो।

राजा जनकले कन्यालाई आफ्नी छोरीका रुपमा स्वीकार गरे। त्यही भएर उनलाई जानकी पनि भनिन्छ। हिन्दु धर्मशास्त्रका अनुसार बाल्यकालमा खेल्ने समयमा माता सिताले भगवान शिवजीको धनुष उठाएकी थिइन्। राजा जनकले कन्या सामान्य होइनन् भन्ने पहिलो पटक थाहा पाए। किनभने शिव धनुषलाई रावण, बारासुर लगायत कयौं वीर योद्धाले हल्लाउन समेत गरेका थिएनन्।

त्यही भएर जानकीको विवाह उक्त धनुष तोड्ने वीर व्यक्तिसँग गरिने निश्चिय भयो। स्वयंवरमा धनुष श्रीरामले उठाए र तोडेका थिए, त्यही भएर सिता–रामको विवाह भयो।

अशोक वाटिकामा श्रीरामको समाचार सुनाएपछि अजर–अमर हुने वरदान सिताले दिइन्। अष्ट सिद्धि र नव निधिहरु प्रदान गरिन्। आज माता सितासँग जोडिएका खास विषयमा हामी जानकारी दिन गइरहेका छौं।

माता सिता आफ्ना आमा बुवालाई पूरा सम्मान दिन्थिन्। उनी आमा बुवाका सबै आज्ञाको पालना गर्थिन्। आमा बुवा जस्तै सासू ससुराको आज्ञाको पनि पालना गर्थिन्। वनबासको समयमा जब माता पिता भेट गर्न आए तब उनले त्यहाँ पहिला नै आएकी सासूको आज्ञा दिइन र आफ्ना माता पितासँग भेट गरिन्।

विवाह पछि सिता स्वंय श्रीरामको हेरचाह गर्थिन्। जबकि राजमहलमा धेरै सेवक थिए। जब रामलाई पिताले वनबास जाने आज्ञा दिए, तब सिता पनि श्रीरामसँग वनबास जान तयार भइन्।

सिता पतिव्रता धर्मकी साक्षात उदाहरण थिइन्। तर जब माता अनुसुयाले उनलाई पतिव्रत धर्मको उपेदश दिइन् तब उनले विना अभिमान सबै कुरा सुनिन्। सिताले माता अनुसुयासँग आफूलाई पतिव्रता धर्मको बारेमा जानकारी भएको बताइनन्। बरु धैर्य गरेर सुनिन्। यो चरित्रबाट के शिक्षा मिल्छ भने वृद्ध मानिसको शिक्षामा ध्यान दिनुपर्छ।

रावरणले सिताको हरण गरे र माता सितालाई अशोक वाटिकामा लगेर राखे। तर सिताले रावणको कुनै पनि प्रलोभन स्वीकार गरिनन्। र उनी डराइनन् पनि। रावणसँग सबै देवता डराउँथे। तर सिता निडर भएर सधैं रावणलाई तिरस्कार गरिरहिन्।

अशोक बाटिकामा हनुमानजीले सितालाई श्रीरामको नाम अंकित मुद्रिका दिए र रामकथा पनि सुनाए। तर सिताले सजिलै उनको कुरामा विश्वास गरिनन्। जब उनलाई अनुमान मन, वचन क्रमले रामका दूत हुन् भन्ने विश्वास भएपछि मात्रै हनुमानसँग वार्तालाप गरिन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु