विप्लवको नेकपाले ओली, दाहाल र देउवाको हत्या गर्ने योजना बनाएकै हो ?

काठमाडौ । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरूले पठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ’, उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु