अष्ट्रेलियाका मन्त्रीद्वारा सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा

सिड्नी । अष्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोलम्यानले सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोषणा गरेका छन् । सिड्नी र गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई शनिबार सम्बोधन गर्दै मन्त्री कोलम्यानले सहयोगको घोषणा गरेका हुन् ।

उनले सबैभन्दा पुरानो संस्था नेप्लीज अष्ट्रेलियन एसोसिएसन (एनएए) मार्फत् रकम सहयोग गर्ने छन् । यो सहयोगलाई यहाँका नेपाली समुदायले महत्वपूर्ण उपलब्धी ठानेको छ । मे ११ र १२ सम्म चल्ने ओसियाना सम्मेलनमा नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलगायतका नेताहरु र ब्यवसायीहरुको सहभागिता छ ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु