भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जनाको मृत्यु

एजेन्सी । भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनामा परेका १६ जनाको सकुसल उद्दार गरिएको छ।

जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो। जीवित व्यक्तिहरूले माछा मार्ने डुङ्गा प्रयोग गरी उनीहरुको उद्दार गरिएको हो। यस वर्ष १७ हजार प्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ बढी आप्रवासीको मृत्यु भएको थियो।

युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ। यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु