पहिलो पटक आईपीएलको फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर

काठमाडौं ।  चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आईपीएलको फाइनलमा प्रवेश गरेको हो । ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि चेन्नाईले सहज जित निकालेको थियो । अब आइतबार चेन्नाई र मुम्बई इण्डियन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । जवाफमा चेन्नाईले १९ ओभरको अन्तिम बलमा ४ विकेटको क्षतिमा १५१ रन बनाएर जित हासिल गर्यो४ । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५० ९५० रनको पारी खेले । डुप्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चेन्नईका लागि सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । अम्बाती रायडु २० रनमा अविजित रहे ।

डुप्लेसिस प्लेअर अफ द म्याच बने । त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस अय्यरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चेन्नाइका लागि दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले २-२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु