एक भए नयाँ शक्ति र फोरम,डा भट्टराई पनि सत्तारूढ, ९ बुँदे सहमति

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपाल एक भएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दलबीच एकता भएको हो। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे सहमतिमा हस्ताक्षर गरेसँगै दुवै पार्टी एक भएका हुन्।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएकाे छ।आजबाट डा बाबुराम भट्टराई पनि सत्तारूढ दलको संसाद बन्ने भएका छन । संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच आज एकताको घोषणा भएसँगै डा भट्टराई पनि सत्तारूढ बन्न लागेका हुन । एकीकरण हुन लागेको दल संघीय समाजबादी फोरम नेपाल सत्तामा छ भने नयाँ शक्ति पार्टीको संसदीय अस्तित्व केही पनि छैन । डा भट्टराई संसदमा स्वतन्त्र सांसदको हैसियतामा रहेका छन ।

दुबै दल एक भएर समाजवादी दल बन्दै छन । नयाँ दलमा डा भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने सहमति यसअघि नै भैसकेको छ । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।

उपेन्द्रको दिनगन्ती सुरू

सत्ता भनेपछि भुतुक्कै हुने उपेन्द्र यादवको समेत सोमबारको पार्टी एकीकरणको घोषणासँगै दिनगन्ती सुरू हुँदैछ । पार्टी भित्र सरकार छाड्न तीब्र दबाब बोकेपछि अाफूसहित अन्य दुइ जनाको राजिनामा खल्तीमा बोकेर हिडेका उपप्रधानमन्त्री यादवले अब प्रधानमन्त्री केपी शर्मा अोलीलाइ भेटेर माग पूराका नाममा अन्तिम अल्टिमेटम दिनेछन । त्यसपछि उक्त अल्टिमेटमका अाधारमा यादवले राजिनामा बुझाएर सरकारबाट बाहिरिने अन्तरिक तयारी छ । नयाँ शक्तिसँगको एकीरकणको छलफलकै क्रममा पनि दुबै नेताको बीचमा केही दिनको समय राखेर अल्टिमेटम दिने र सरकार छाड्ने सहमति बनेको नेताहरूले बताएका छन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु