‘एभेन्जरः इन्ड गेम’ सर्वाधिक व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा उक्लियो

एजेन्सी ।  विश्वभर चर्चित हलिउड फिल्म ‘एभेन्जर’ सिरिजको बहुप्रतीक्षित फिल्म ‘एभेन्जरः इन्ड गेम’ सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । ११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा छिटो २ अर्ब कमाउने चलचित्र बनेको हो । मार्भलको सुपरहिरो सिरिज ‘एभेन्जर्स इन्डगेम’ विश्वकै सबैभन्दा ठूलो फिल्म मध्येको एक हो।

यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ। साथै यस चलचित्र २ अर्ब डलर व्यापार गर्ने इतिहासकै पाँचौ फिल्म पनि बनेको छ। मार्भल स्टुडियोको निर्माणमा बनेको एभेन्जर्स इन्डगेमले यही तवरबाट व्यापार गरे सबैभन्दा बढी व्यापार गर्ने चलचित्र बन्ने अनुमान गरिएको छ।
विश्वमा सर्वाधिक व्यापार गर्ने चलचित्रहरु
१. अवतारः २.७८७ अर्ब अमेरिकी डलर
२. एभेन्जर्स इन्डगेमः २.१८९ अर्ब अमेरिकी डलर
३. टाइटेनिकः २.१८६ अर्ब अमेरिकी डलर

Comments

comments

सम्बन्धित शिर्षकहरु