बैशाख २३ गते नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको घोषणा गरेको छ । मुलुकमा महँगी, भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टीका अध्यक्ष कमरेड नेपालको नाम उल्लेख गरेर जारी गरिएको विज्ञप्तिमा सरकारमा रहेको दलका नेताहरुले विगतमा आफूले गरेका क्रियाकलाप र आफू आएको स्थान भुलेर सच्चा कम्युनिष्ट राजनीतिक शक्तिलाई पन्छाइएको, राष्ट्रलाई सिक्किमीकरणको दिशामा धकेलेको, दिल्लीको निर्देशनमा चलेको, राष्ट्रिय सम्पदा विदशेीलाई सुम्पिएको, भूमाफियासँग मिलेर सरकार जग्गा कब्जा गरेको लगायतका आरोप लगाइएको छ ।


उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ “‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु