लामो रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो,को कता ?

काठमाडौं । लामो समयको रस्साकस्सीपछि जिल्ला नेतृत्व टुंग्याएको नेकपामा फेरी जनवर्गिय संगठन गाँठो परेको छ । वरिष्ठ नेता माधवनेपाल अमेरिका जानुभन्दा अघि पोलिटब्यूरो सदस्यको टुंगो लागिसकेको छ । तरपनि जनवर्गिय संगठनको एकता टुंगिन सकेको छैन । १४७ पोलिटब्यूरोमा पूर्वमाओवादीबाट ६६ र पूर्व एमालेबाट ८१ जना रहने सहमति भइसकेको छ । सहमति अनुसार नै सचिवालय बैठकले पोलिटब्यूरोको टुंगो लगाएको हो । तर नाम भने सार्वजनिक गरिएको छैन । जनवर्गिय संगठनको एकता र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडबाट गरेपछि पोलिटब्यूरोको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

पोलिटब्यूरो गठनमा नेकपाभित्रको समिकरण बदलिएको छ । पोलिटब्यूरो सदस्यमा पुष्पकमल दाहाल पक्षधर नेताहरु धेरै परेका छन् । दाहालका पक्ष ४९ केन्द्रीय सदस्यहरु पोलिटब्यूरो सदस्य बनेका छन् भने अर्का अध्यक्ष केपी शर्मा ओली पक्षधर ३८ केन्द्रीय सदस्य पोलिटब्यूरो सदस्यमा चयन हुने भएका छन् ।

त्यसैगरी वरिष्ठ नेता माधव नेपाल पक्षधर ३६ जना नेताहरु पोलिटब्यूरो सदस्य बनेका छन् भने रामबहादुर थापा बादल पक्षका १०, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पक्षका ७/७ जना केन्द्रीय सदस्यहरु पोलिटब्यूरो सदस्य बनेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु