दक्षिण अष्ट्रेलियामा आर्चाय राजन शर्माको उत्प्रेरणा कार्यक्रम,खुसी रहन के गर्ने ? (फोटोफिचर)

  • सन्जिब अर्याल

अष्ट्रेलिया ।दक्षिण अष्ट्रेलिया-सेल्सबुरी- मानिसलाई जीउंनको  लागि यति बेला अन्य कुराको भन्दा पनि  उत्प्रेरणा को खाँचो रहेको छ । यस्तै उत्प्रेरणा र सकारात्कम सोच बोकेर विश्वको विभिन्न देश, गाँउ शहरमा पुग्नु भएका आर्चाय राजन शर्माले दक्षिण अष्ट्रेलियाको सरकारले आयोजना गरेको विशेष कार्यक्रममा आफ्नो प्रवचन तथा कार्यक्रम राख्नु भएको छ ।

सो कार्यक्रम अन्तर्गत दक्षिण अष्ट्रेलियाको “सेल्सबुरी काउन्सिल’द्धारा आयोजित कार्यक्रममा सहिष्णुता कसरी जगाउन सकिन्छ, मानिस -मानिसबीचमा आत्मीयता र निरोगी बन्नको लागि योग विज्ञाका तथ्यगत मनोचिकित्साका विभिन्न तथ्यहरुलाई योगविज्ञान, उत्प्रेरणा र मनोविज्ञानको विभिन्न कुराहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न देशमा व्यक्तिहरुको सहभागिता रहेको थियो । मानिसहरुलाई यतिबेला साधन-सुविधा र भोक भन्दापनि उत्प्रेरणाको जरुरी रहेको छ ।

उत्प्रेरणा बिना मानिस आफु सँग के छ भन्ने कुरा आफुले सजिलै बिर्सन्छ । सकारात्मक सोच बाहिरको भौतिक पदार्थ र वस्तुको रूपहरूमा नभई मान्छेको भित्री मनको संसारमा हुन्छ । घरजग्गा, बहुमूल्य पत्थर, बैंक ब्यालेन्स, भौतिक साधनजस्ता धनसम्पत्ति र समृद्धिले सम्पन्न हुँदैमा पनि खुसी प्राप्त हुँदैन ।

मानिसहरु आफुसँग भएको कुराहरु देख्दैनन् बिर्सन्छन्, आफुसँग नभएका कुराहरुको बढि चाँसो राख्छन् र दु:खी बन्छन् यस्तै मानिसमा भएको दु:खलाई मेट्नको लागि पूर्वीय दर्शनमा भएको योग विज्ञान तथा मनोचिकित्साका विभिन्न तथ्यलाई लिएर एक जना नेपालीले अहिले विभिन्न देशका गाँउ शहर बस्ती र टोलहरुमा उत्पेरणाका कार्यक्रम सञ्चालन गरिहेका छन् ।

यस्तै दक्षिण अष्ट्रेलियाको सरकार निमन्त्रणामा ‘एलेलेडमा पुग्नु भएका आर्चाय राजन शर्माले उक्त कार्यक्रमहरुमा योग, मनोचिकित्सा, हाँस्य चिकित्सा लगायत रोग निवारणको विविध कार्यक्रमहरु सञ्चालन गर्नुभयो ।

जस वाट हजारौ भन्दा बढि लाभान्वित हुनुकोे साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै भन्दा धेरैलाई यसले सहयोग पुर्याएको छ । यो सँगसँगै पूर्वीय दर्शनमा आधारित योग, विज्ञानले मानविय उत्थानमा पनि सहयोग पुगेको सेल्सपुरी काउन्सिलका संयोजक मेरीले बताए । यसै गरि विश्वशान्ति तथा अद्यात्म  विज्ञान  समाज(GSPSS) सेल्स बुरि तथा नेपाली भुटानी समाजको तर्फवाट अग्रज  विष्णु दाहालले अध्यात्म सहितको उत्प्रेरणाले मानिसको जीवनलाई परिवर्तन ल्याउने बताउंनु भयो । । ।

खुसी रहने कला सम्बन्धि भिडियो प्रभाचन र शिविर हेर्न तलको लिङ्क क्लिक गर्नु होला ।

यस अघि साउथ एडेलेड्को एक कार्यक्रममा नेपाली समुदयका विच एक उत्साहजनक कार्यक्रम सम्पन्न भएको संयोजक आनन्द बख्रेल ले बताउंनु भयो । सो अवसरमा दक्षिण अस्ट्रेलियाका अग्रज नेपाली दीपक विष्ट , गैर आवसिय नेपाली संघ एडेलेडका संयोजक अशोक के सि , समुदयाका अगुवाहरु दाँया पराजुली , आनन्द बख्रेल , निजाम केसि , सुरेन्द्र रेग्मि लगायतले उत्प्रेरणात्मक कार्यक्रम मार्फत समुदायको सकारात्मक उन्नति र आत्मा जागरण सघाउ पुगेको बताउंनु भयो । कार्यक्रममको  प्रतिकृया यो लिन्कमा हेर्न सक्नु हुनेछ। https://www.facebook.com/Ausnepalnews2/videos/424076548406665/

जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

जीवनमा उत्सहको रांको लागि भिडियो हरुबार्त लाभ लिन अवश्य यी लिन्क हेरौं ।

https://www.youtube.com/channel/UCSjjX8qwIhnfteYjDQMtoAg

https://www.youtube.com/watch?v=PMIRA88qxu8&list=UUSjjX8qwIhnfteYjDQMtoAg&index=1

 

 

 

सम्बन्धित शिर्षकहरु