अष्ट्रेलियामा VET Course अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई कडा नियम लागू हुँदै

अष्ट्रेलिया । अष्ट्रेलिया जान चाहने र अष्ट्रेलियामा नै अध्ययनरत विद्यार्थीको लागि नयाँ नियम लागू हुने भएको छ ।  मे १, २०१९ देखि नेपाली विद्यार्थीहरुले (अष्ट्रेलिया जान चाहने र अष्ट्रेलियामा नै अध्ययनरत रहेका ) अब भोकेसनल एजुकेसन र ट्रेनिङ्ग (भेट कोर्स) Vocational Education and Training (VET Course) मा पढ्नलाई भिसा आवेदन दिंदा अनिवार्य रुपमा अङ्ग्रेजी भाषा दक्षता र आर्थिक श्रोतको प्रमाण पेस गर्नुपर्ने भएको छ ।

अष्ट्रेलियन सरकारले शिक्षण संस्था र प्रत्येक देशलाई रिस्क लेभेल छुटाएको भएपनि अब रिस्क लेभलको आधारमा नभई, नेपाली विद्यार्थीहरुले स्ट्रिमलाईन विद्यार्थी भिसा अन्तर्गत यो प्रमाण पेश गर्नुपर्ने छ । नेपाली विद्यार्थीहरुको आवेदन भेट कोर्समा अत्याधिक बढेपछि यो क्षेत्रमा स्थायित्व कायम गर्न र विद्यार्थीहरुको हकहित संरक्षण गर्न यो नियम ल्याएको बताएको छ ।

यो प्रावधान अनलाईन चेकलिस्टमा भने देखिने छैन । नेपाली विद्यार्थीहरुको भेट कोर्स प्रति बढ्दो आकर्षणले गर्दा जाखिम बढेको साथै अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरु भेट कोर्समा भर्ना भई नेपाल नफर्किने, त्यहिं लुकेर बस्ने र भेट कोर्सलाई Backdoor को रुपमा अष्ट्रेलिया बसाई लम्ब्याउने नियतलाई निस्तेज पार्न यो नियम ल्याएको बुझिएको छ ।

अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्यामा चीन र भारत पछि नेपाल तेस्रो स्थानमा पर्छ भने जनसंख्याको आधारमा नेपाल विश्वको ४७ औँ स्थानमा पर्दछ । यो नियम मे १, २०१९ देखि भेट कोर्सकोे हकमा मात्र लागु हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु