रवि ओडको दोस्रो गीत ‘दुई कौडीको बुद्धि’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल २ बनेपछि चर्चा परिचर्चामा रहेका रवि ओडको दोस्रो गीत सार्वजनिक भएको छ । दुई कौडिको बुढि बोलको गीतमा रवि ओडलाई गायिका मेलिना राईले साथ दिएकी छन् । यस अघि उनको मिठो बोलीले बोलको गीत बजारमा आएको थियो ।

उक्त गीत शुक्रबार मेलिना राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिम बिसि र ललित पौडेलको संगित रहेको गीतमा उदय राज पौडेलको शब्द रहेको छ ।

भिडियोमा वर्षा राउत र रन्जित पौडेलको अभिनय हेर्न सकिन्छ । निकेश खड्काले निर्देशक गरेको यस भिडियालाई विकेश धमलाले सम्पादन गरेका छन् । त्यस्तै गीतमा सुबोल थापा र राजेन्द्र कटुवालको कोरियोग्राफी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु