विश्वभरिका सबैभन्दा तनावग्रस्त र खुशी राष्ट्रको सूची सार्वजनिक

एजेन्सी । विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको एउटा अध्ययनले देखाएको छ । संसारका १४० देशका १५०,००० भन्दा बढी मानिसहमा गरिएको अध्ययनमा उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन् ।

वार्षिक ग्यालप ग्लोबल इमोशन्स रिपोर्टले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरू सोध्ने गर्छ । प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो । अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन् ।

सहभागीहरूलाई ‘के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो’ र ‘के तपाईँलाई सम्मानजनक व्यवहार गरियो’ भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन् ।

सकारात्मक अनुभव हुने ५ राष्ट्रहरू
पाराग्वे
पानामा
ग्वाटेमाला
मेक्सिको
एल साल्भाडोर
नकारात्मक अनुभव हुने ५ राष्ट्रहरू
चाड
नाइजर
सियरा लियोगन
इराक
इरान
ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन् । ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो ।

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन् । चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन् ।

चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ । ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ । बीबीसी

Comments

comments

सम्बन्धित शिर्षकहरु