चेन्नई सुपर किंग्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलको दोस्रो स्थानमा

एजेन्सी । इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध ४६ रनको जित हात पारेको छ । शुक्रबार राति चेन्नाईको मैदानमा भएको खेलमा मुम्बईले घरेलु टिम चेन्नाई सुपर किंगसमाथि जित सहज निकालेको हो ।

चेन्नईमा भएको खेलमा १५६ रनको लक्ष्य पछ्याएको घरेलु टिमलाई मुम्बईले १०९ रनमा नै समेटियो । चेन्नईलाई सस्तैमा समेट्नका लागि मुम्बईका लासिथ मालिंगाले ४ विकेट लिए भने क्रुनाल पाण्ड्या र जस्प्रित बुम्राहले २–२ विकेट लिए ।

ब्याटिङतर्फ चेन्नईका तीन खलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । ओपनर मुरली विजयले ३८, मिचेल सान्ट्नरले २२ तथा ड्वाइन ब्राभोले २० रन बनाउँदा अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा चार विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि यसअघि ब्याटिङ गरेको मुम्बईले म्यान अफ दि म्याच रोहित शर्माको ६७ रनको मद्धतमा ४ विकेटको नोक्सानीमा १५५ रन बनायो ।

एभिन लेविसले ३२, हार्दिक पाण्डेयाले नटआट २३, क्विन्टन डि ककले १५ र क्रुनाल पाण्डेयाले नटआउट १३ रन बनाए । जितसँगै मुम्बई ११ खेलबाट १४ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई भने १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु