चार करोड घुस खाएको आरोप लागेका राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो।
राजदूत कोइराला विभिन्न काण्डमा मुछिएका थिए । उनी घुस प्रकरणमा पनि मुछिएका समाचार सार्वजनिक भएका थिए ।

नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको समाचार सार्वजनिक भएका थिए ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारले राम्रै कामका लागि उनलाई फिर्ता बोलाएको भन्दै थप प्रश्न नगर्न आग्रह गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु