रस्साकस्सीपछि टुंग्यायो नेकपाले जिल्ला नेतृत्व कसैलाई पदैपदको खात,कसैलाई जीवनभर लात !

काठमाडौ । लामो समयको रस्साकस्सीपछि नेकपाले जिल्ला नेतृत्व टुंग्याएको छ । सामान्य विधि, बढि गुटगत आधारमा टुंग्याइएको जिल्ला एकताले कुनै नेतालाई पदमाथी पद थपिदिएको छ भने धेरै नेताहरुलाई बेरोजगार बनाइ दिएको छ ।

रुपेन्देहीका दधीराम न्यौपाने नेकपा केन्द्रीय सदस्य हुन् । गत निर्वाचनमा रुपेन्देही १ को १ बाट प्रदेश सभा सांसदमा निर्वाचित भए । त्यसपछि उनी प्रदेश नम्वर ५ मा अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनायो ।

पार्टीको केन्द्रीय सदस्यदेखि सांसद र प्रदेशसभामा संसदीय समितिको सभापति भइसकेका दधीरामले सोमबार पार्टी मुख्यालय धुम्वाराहीबाट अर्काे जिम्मेवारी पाए । जिल्ला नेतृत्वको सूचिमा उनको नाम रुपेन्देही सचिवमा छ । पार्टी केन्द्रको निर्णयप्रति भने उनी असन्तुष्ट बनेका छन् ।

‘रुपन्देहीको इन्चार्ज नै म पहिल्यै भइसकेको छु, प्रदेश सभामा छु, पोलिटब्युरो नै भइसकेँ, उनले भने ‘अब मलाई किन जिल्ला सचिव चाहियो’ उनले भने ‘त्यत्रो वर्षदेखि पार्टीमा क्रियाशील छु, पोलिटब्यूरो सदस्य थिएँ, अहिले केन्द्रीय सदस्य छु, अब ल्याएर सचिवमा राखेर पनि हुन्छ ?

हुम्लाबाट प्रदेशसभा सदस्यमा दल रावल निर्वाचित भए । प्रदेश सांसद रहेका रावल कर्णाली प्रदेशमा सामाजिक विकासमन्त्री छन् । केही समयअघि गठन भएको नेकपाको प्रदेश कमिटीमा उनी प्रदेश सदस्य पनि छन् । तर सोमबार उनले अर्काे जिम्मेवारी पाएका छन् । नेकपा हुम्लाको पार्टी सचिव बनेका छन् । मन्त्री र प्रदेश कमिटीका सदस्य जिल्ला सचिव हुन पुगेका छन् ।

एउटै ब्यक्तिलाइ पदमाथी पद थप्दै गएपछि नेकपाभित्र आलोचना शूरु भएको छ । ‘कसैलाई पदको खातैखात, कसैलाई जीवनभर लातैलात, नेकपाको राज, कोही छन् परेवा, कोही बने बाज ’ ऋषि आजादले सामाजिक सञ्जालमा यसरी आलोचना गरेका छन् भने कतिपयले गुट चलाउने नाममा जनप्रतिनिधिलाई पार्टीको जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु