अस्ट्रेलियामा नयाँ अभिभावक भिसा:महँगो र अनुपयुक्त,आप्रवासी समुदायको असन्तुष्टि

अस्ट्रेलिया । अस्ट्रेलियामा १० वर्षसम्म आफ्नो अभिभावकलाई राख्न मिल्ने नयाँ भिसा प्रकिया सुरु भएको छ। नयाँ अस्थायी प्रायोजित अभिभावक भिसा ९ उपवर्ग ८७०० नामकरण गरिएको भिसाका अप्रिल १७ को मितिबाट लागु हुने गरी आवेदन खुल्ला गरिएको अध्यागमन मन्त्री डेभिड कोल्म्यानले जनाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै “यो नयाँ भिसाले आप्रवासी समुदायहरूलाई ठुलो टेवा मिल्ने हामीले विश्वास लिएका छौँ,” भनेका छन्।

मन्त्री कोल्म्यानका अनुसार मरिसन सरकारको यो पहलले अस्ट्रेलियालाई सबैभन्दा सफल आप्रवासी राष्ट्र बनाउन मद्दत गर्नेछ। हरेक वर्ष १५,००० सम्म यस्ता भिसाहरू दिने सरकारी प्रतिबद्धता छ। यो भिसा पाउने अभिभावकहरूले अस्ट्रेलिया आइसकेपछि पाँच वर्षसम्म यहाँ बस्न पाउनेछन् भने चाहिएको खण्डमा थप पाँच वर्षका लागि पुनस् आवेदन हाल्न सक्ने पनि बताइएको छ। त्यसरी थप पाँच वर्षका निम्ति उक्त भिसा नवीकरण गर्दा भने अस्ट्रेलिया बाहिर केही दिन बिताउनुपर्ने हुन सक्नेछ।

यो भिसा अन्तर्गत हरेक परिवारबाट दुई जना अभिभावकहरूलाई एकैसाथ प्रायोजन गर्न मिल्ने पनि मन्त्री कोल्म्यानको कार्यालयले जनाएको छ। यस भिसा अन्तर्गत प्रायोजित अभिभावकहरूले आगामी जुलाई १ तारिख देखि आफ्नो भिसा दर्ता गर्न सक्ने पनि बताइएको छ।

भिसा प्रतिको असन्तुष्टि

सरकारले आफ्नो नीतिलाई “आप्रवासी मैत्री” भनी प्रचार प्रसार गरे तापनि आप्रवासी समुदायहरूले यो नयाँ भिसा अपुरो भएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। हरेक परिवारबाट एक चोटिमा एक जोडी अभिभावकहरूलाई मात्र बोलाइन पाइने अनि त्यसमा पनि उनीहरूको स्वास्थ्य बिमा हुनुपर्ने र केवल १ पटक मात्र उक्त भिसा नवीकरण गर्न मिल्ने भन्दै उनीहरू यसप्रति उदासीन देखिएका हुन्।

यस्तो छ प्रक्रिया
यो भिसा अन्तर्गत अभिभावकहरु अष्ट्रेलियामा पांच वर्ष देखि दश वर्षसम्म बस्न पाउनेछन् ।क्त नयाँ अभिभावक भिसा आगामी अप्रिल १७ देखि लागु हुनेछ । यो भिसामा आफ्ना अभिभावक अष्ट्रेलिया ल्याउन चाहनेले सुरुमा स्पोन्सरशिपको लागि निवेदन दिनुपर्नेछ । निवेदन दिने व्यक्ति अष्ट्रेलियाको नागरिकता पाएको या पीआर पाएको या न्युजिल्याण्डको नागरिक रहेको हुनुपर्नेछ ।

त्यस्तै, अभिभावक निवेदन दिने व्यक्तिलाई जन्म दिएको आमाबुवा या उसलाई धर्मसन्तानको रुपमा पालेका आमा बुवा या सौतेनी आमा अथवा सौतेला बुवा हुनुपर्नेछ । स्पोन्सरशिप निवेदन पछि त्यो निवेदन पास हुनुपर्नेछ । त्यसपछि मात्र भिसाको लागि निवेदन दिन सकिनेछ । स्पोन्सरसिप निवेदन पास भएको छ महिना भित्र भिसाको लागि निवेदन दिइसक्नुपर्नेछ ।

यो भिसा सुरुमा पांच वर्षको लागि प्राप्त हुनेछ र त्यसपछि पनि अष्ट्रेलियामा बढाउन चाहेमा पांच वर्ष थप गर्न सकिनेछ । यस भिसाको शुल्क चर्को भएका कारण प्रवासीहरुमा त्यति उत्साह देखिएको छैन । यो भिसा अष्ट्रेलिया सरकारले हरेक वर्ष १५ हजार वटा मात्र प्रदान गर्नेछ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु