नेपाली इतिहासकै अत्यन्तै दुर्लभ:पहिलो स्याटलाइट ‘स्याट-१’ अमेरिकाबाट प्रक्षेपण

काठमाडौं । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू–उपग्रह) ‘नेपाली स्याट वन’ अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २:३५ मा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ। बिहीबार बिहानै कार्गो विमानले जापान र श्रीलङ्काका भू–उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो। बर्डस्–३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू–उपग्रह अन्तरिक्षमा पठाइएको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु