विप्लवको बन्दको प्रभाव समान्य

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानको समयमा राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् ।

आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु