प्रेम सञ्जेललाई अख्तियारको पत्र, ३ दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई पत्र काटेको छ । सञ्जेलले हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको बताइएको छ ।

हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो । त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन भनिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु