सानु घिमिरेको उपन्यास “सिड्नी सपना”प्रकाशित बैशाख १४ गते काठमाडौंमा लोकार्पण हुने:

साहित्यकार सानु घिमिरेको उपन्यास “सिड्नी सपना”प्रकाशित भएको छ। सिड्नीमा बसोबास गर्दै आएकी घिमिरेले सिड्नीको संघर्षको कथा र त्यहि संघर्षभित्र जोडिएका जीवनका उतार चढाव,सुख दु:ख सबै सो उपन्यासमा समेट्ने प्रयास गरेको बताएकी छन्। सो उपन्यास २०७६ बैशाख १४ गते काठमाडौंमा बिमोचन हुनेछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुको महासचिव,उपाध्यक्ष,तथा अध्यक्ष हुंदै अहिले अनेसास केन्द्रकी सदस्य रहेकी घिमिरेको यस भन्दा अघि “ग्रहण” नामक कविता संग्रह प्रकाशित भएको छ। असनेपालन्यूको तर्फबाट उहांलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ !

Comments

comments

सम्बन्धित शिर्षकहरु