नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त

काठमाडौं । पेरिस आगलागनीले ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दुःख व्यक्त गरेका छन् । वास्तुकलाको अनुपम सम्पदा नोट्र डाम गिर्जाघरमा भएको क्षतिले आफूलाई दुःखी बनाएको ओबामाले सामाजिक सञ्जाल ट्वीट मार्फत उल्लेख गरेका छन् ।

ओबामाले गरेको ट्वीट यस्तो छ
फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघर आगलागीको क्षतिबारे पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी भवनको जीर्णोद्वारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ। ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डान गिर्नाघर वास्तुकलाका लागि विश्वभर चर्चित छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु