देशका धेरै जसो स्थानमा चट्याङसहित वर्षा हुने,सचेत रहन विभागको आग्रह

काठमाडौं । देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातकोसम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। बिहिबार सम्म यो क्रम जारी रहने छ ।

हेर्नुहोस् विभागको सूचना जारी मिति :

बैशाख ०३ गते (मंगलबार) बिहान ६:०० बजे बैशाख ०३ गते (मंगलबार): दिउँसोः देशका पश्चिमि भू-भागमा सामान्य बदलि र पूर्वी तथा मध्य क्षेत्रका भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका पश्चिमि भू-भागका केहि स्थान र मध्य तथा पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ ।

पश्चिमी तथा मध्य तराईका स्थानहरुमा हुरी बतास को सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

राति:देशका पश्चिमि भू-भागमा सामान्य देखि पुर्ण बदलि र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू-भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन/चट्टयांग तथा हुरी बतास सहित वर्षाको/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०४ गते (बुधबार): दिउँसोः
देशै भरि सामान्य देखि पुर्ण बदली रहि पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको देखिन्छ | उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।
राति: देशै भरि सामान्य बदली रहि देशका पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा र पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा चट्टयांग तथा हुरी बतास सहित वर्षा/असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको सम्भावाना रहेको छ ।

बैशाख ०५ गते (बिहिबार):

दिउँसोः देशै भरि आंशिक देखि सामान्य बदली रहि पश्चिमी क्षेत्रका केहि क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहि देशका पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुईस्थानमा मेघ गर्जन सहित वर्षाको संभावना छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु