मानव कल्याण लागि क्रिसियनवाट हिन्दु बनेका गोरा साधु ‘स्वामी हनुमान’को संघर्षको मार्मिक कहानी (फोटोफिचर)

  • सन्जिब अर्याल

अष्ट्रेलिया । नाङगो खुट्टा अनि अर्धनंग्न शरिर लामो जट्टा गेरु बस्त्रमा हिड्ने यी गोरा साधु । अष्ट्रेलियाको तासमनियाको जंगलस्थित एक आश्रममा उनि विगत ३५ वर्षदेखि साधनारत छन् । अष्ट्रेलिया जस्तो पाश्चत्य देशमा पूर्वीय दर्शनलाई अप्नाउँदै यससँगको सिद्धान्तसँग सहमत बनेर योग ध्यान तप जप अप्नाउँदै हिड्ने यी साधु अरु कोहि नभएर स्वामी हनुमान हुन् ।

स्वामी हनुमानलाई अष्ट्रेलियनहरुले एक विशेस सम्मानका साथ हेर्ने गर्दछन् । उनि हिन्दु धर्मक सनातक प्रचारक भएर मात्र होईन् योग, अध्यात्म, आयुर्वेदका प्रकान्न विद्धान हुन् ।  उनले अष्ट्रेलियाको तसमनियामा विभिन्न व्यक्तिहरुलाई सहयोग पुर्याउँदै आएका छन् । स्वामी हनुमान बाबा अष्ट्रेलियामा लामो समयदेखि साधनारत एक जिवन्त अनुकरणीय योगी हुन् ।

उनले विश्वको विभिन्न देशमा घुमिसकेका छन् । उनले भारतमा वर्षौसम्म योग,साधना, वेद, संस्कृती र वेदान्त अध्यायनपछि उनले आफुलाई पूर्णरुपमा क्रिसियन धर्मवाट हिन्दुसनातन धर्ममा एक सच्चा साधुको रुपमा रुपान्तरण गरेका छन् । कुनैपनि आर्थिक प्रलोभन, जिविकाको लागि मात्र नभएर निष्ठावान रुपले संसारमा मानवहरुको हित र कल्याण यसवाट मात्र सम्भव छ भनेर लागेको उनि बताउँछन् ।
आफुयस अघि क्रिसियन स्कुलमा पढेको र पादरी परिवारको भएपनि वेद जतिको मानवलाई उठाृन सक्ने ग्रन्थआजसम्म मानव सब्यतामा नै नभएको उनको दाबी रहदै आएको छ ।  स्वामी हनुमान बाबाले अष्ट्रेलियामा बसेर विभिन्न रोगको उपचार मात्र गराउने गर्दैनन् उनि क्रिसियन, मुस्लिम, हिन्दु लगायत जुनसुकै वर्ग र जातिलाईपनि विशेषरुपमा उपचार गराउने गर्दछन् । योग,ध्यान तप र चिकित्सक र आयुर्वेद पद्धतीवाट विभिन्न रोगको उपचार समेत गरेका छन् । नित्य ध्वनी जगाएर बस्ने, शिवजीको रुप धारणा गरेर बस्ने उनि सनतन धर्मको वैज्ञानिक व्याख्या गर्ने गर्दछन् ।


मानिसहरुले सनातन भित्र रहेको विज्ञानलाई थोरै मात्र आत्मसाथ गर्न सके संसारमा मानिस मनिसबीच प्रेम र आत्मिय र भातृत्व रहने यसमा एउटा पूर्वाग्रही दृष्टिकोणले भन्दापनि मानव उत्थानको दृष्टिकोणले वेद, गीत, रामायणय लगायत पूर्विय दर्शनलाई पालन गर्दै जानुपर्ने उनको धारण रहेको छ । उनले आश्रम मात्र सञ्चालन मात्र गर्दैनन् योग शिविरपनि सञ्चालन गर्दै आएका छन् ।

स्वामी हनुमान बाबा योगा इन डेल्ली लाईफसँग त सम्बन्धित छन् नै तासमनियाको बुल्लुडर्मी भन्ने ठाउँमा उनको आफ्नै योग शिक्षा रहेको छ । जहाँ विभिन्न धर्म सम्प्रादायक मानिसहरु जम्मा हुने गर्दछन् । त्यहाँ जम्मा भएका मनिसहरु उनले दिएको पद्धती र रोगको उपचार निको भएर जाने गर्दछन् । तसर्थ पुरै शहरमा उनि बाबा जीको नामले परिचित छन् ।


३० वर्षअघि भारत गएका स्वामी हनुमान पुरी भारतमा  जल्दै गरेको लासलाई हेरेर साधुहरुसँग सम्पर्क गरेर त्यसको बारेमा जानाकारी लिएका थिए । जब गुरु हरी गिरीवाट दिक्षित भएपछि उनि सधैको लागि साधु बने । भारतवाट फर्किए पूर्वीय दर्शनको पक्का पहरेदार बनेर फर्किए ।

पूर्वीय दर्शनको पक्का पहरेदार बनेपछि उनि पूर्वीय दर्शनहरुलाई अपनाउन उनि दतचित्त छन् । कहिले कहाँ कहिले प्रवचन, ध्यान,योग शिविरमा पुग्ने हनुमान बाबा जी आफ्नो सम्पतीलाई पनि नेपाली समुदायहरुको सहयोगमा लगाउने गर्दछन् । सातमनिया उनको ३५ हेकडको जमिन रहेको छ भने २ वटा घर पनि रहेको छ ।

तर यी भौतिक बस्तुहरुलाई अध्यातमकमा लगाउनुपर्छ भनेर जिवनका सुख सयल त्यागेर पूर्णरुपमा साधु जिवन विताउँनु भएको छ । आफ्नै सम्पती सनातन धर्म र यसको गतिविधीमा लगाउनु हुन्छ । खाली खुट््टा हिड्ने,अर्धनग्नं शरिरमा सिलाएको कपडा नलगाउने आधुनिक जिवनका उदाहरणिय व्यक्ति हुन् स्वामी हनुमान बाबा विश्व साधु परम्पराको एक उदाहरण हुन् । अष्ट्रेलियलाई मात्र नभएर विश्वलाई को लागि मात्र नभएर विश्व मानव सभ्यताकोे लागि साधु र सन्त परम्पराको एक उदाहरणिय पात्र हुन् ।


साधु र सच्चा व्यक्ति कसरी रहन सक्छ लालच र सम्पत्ती भएर पनि मानव कल्याणामा उहाँलाई हेर्न सकिन्छ । आफुभन्दा लामो जट्टा भएर पनि अष्ट्रेलिया जस्तो सुख सम्पन्न शहरमा बसेरपनि सधै चिसो पानीले नै नुहाउने,शुद्ध सावत्कि साहाकार भोजन ग्रहण गर्ने, दिब्य निन्द्रमा रहने उहाँ अहिले पाि ७५ वर्षको उमेर जटिल जटिल काम गर्नुहुन्छ । उहाँ दैनिक जिविकाको लागि काम गर्नै पर्ने,मागेर, चोरेर अहिले पनि खानु नहुने उहाँको धारणा रहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु