जबरजस्त एक्सन देखिने सलमान खानले किन गर्दैनन् किस सिन र बोल्ड सिन ?

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको फिल्ममा जबरजस्त एक्सन देख्न पाइन्छ । उनको फिल्ममा रोमान्स त हुन्छ तर किसिङ सिन हुँदैन । फिल्मको सफलताका लागि उनले फिल्मी पर्दामा नग्नता या किसिङ सिन ल्याउन चाहँदैनन् । सलमानले जब स्किृनमा किसिङ सिन आउँछ, त्यतिबेला आफूले अजीब महसूस गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘तपाईं जुन तरिकाका फिल्म चाहनुहुन्छ, ती हेर्न चाहनुहुन्छ, तर म भने आफ्नो ध्यान क्लिन सिनेमा बनाउनेमा दिनेछु ।’

उनका अनुसार आफ्नो ब्यानरमा त्यस्ता फिल्म बनून्, जसमा नटीनेस, एक्सन, रोमान्स होस् । र, फिल्म सबै परिवार बसेर हेर्न सकून् । ‘म यस्तो कुरालाई सधै ख्याल गर्न चाहन्छु’, सलमान भन्छन् । सलमान खानको फिल्मले ‘ए’ सर्टिफिकेट पायो भने त्यो न्युडिटीका कारणले नभएर एक्सन दृश्यका कारण हुने गर्छ । सलमान आफ्ना फिल्ममा किसिङ सिन र न्युडिटी सिन कहिल्यै नहुने पनि बताउँछन् ।

हालै सलमान खानको फिल्म ‘भारत’ को छायांकन पूरा भएको छ । फिल्ममा सलमान खानका अलावा क्याटरिना कैफ, दिशा पटानी, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोबर लगायतका कलाकारको मुख्य भूमिका छ । पछिल्लो समय सलमान अर्को फिल्म ‘दबंग ३’ मा व्यस्त छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु