अस्ट्रेलियन प्रधानमन्त्री र विपक्षीदलको नेताले दिए नेपालीलाई नयाँवर्षको शुभकामना

अष्टेलिया । अस्ट्रेलियाको बिभिन्न शहरहरुमा नेपालीहरुको प्रभुत्व बढ्दै गएपछि अस्ट्रेलियन राजनीतिक दल र सरकारले पनि त्यसमा सम्वोधन गर्न थालेका छन् । सोही क्रममा नेपाली नयाँ बर्षको उपलक्ष्यमा अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले नेपाली समुदायलाई शुभकामना ब्यक्त गरेका छन् ।

अस्ट्रेलियामा नेपाली समाज बाक्लीदै जाँदा स्थानिय राजनीतिक दल र केन्द्र सरकारले सम्वोधन गर्ने परम्पराको चलेको छ । एक विज्ञप्ती जारी गर्दै उनले शुभकामना दिउका हुने । नेपालमा जन्मेर अस्ट्रेलियामा बसोबास गर्ने बिदेशीहरुको पछिल्लो सर्बेक्षणमा नेपाली पहिलो नम्बरमा उक्लिएका छन् ।

यसै क्रममा स्थानिय राजनितक दल र सरकारले पनि नेपाली समाजलाई सम्वोधन गर्ने क्रम पनि बढेको छ । अस्ट्रेलियन प्रधानमन्त्रीले नेपालीहरुको नयाँ बर्षका लागि शुभकामना दिदै नेपाली समाजप्रति आफ्नो प्रेम देखाएका छन् भने साथ रहने कुरा पनि बताएका छन् ।

उनले भनेका छन् ‘ नेपाली समुदायले अष्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको अवसरमा शुभकामना ब्यक्त गर्न चाहन्छु ।’ सुन्दर भबिष्य र उच्च शिक्षाको लागि अस्ट्रेलिया नेपालीहरुको उत्कृष्ट गन्तब्य बनेको छ । यहाँ शिक्षा र स्थायी बसोबासको कारणपनि नेपालीहरुको आकर्षण बढेको हो ।
नेपाली राजनीतिबाट प्रभावित नेपाली समाज बिस्तारै स्थानिय राजनीतिमा प्रवेश गर्दा सरकार र राजनीतिक दलले पनि नेपाली समाजप्रति चासो बढाउन थालेको हो । अष्टेलिया बिश्वमा नै बहु संस्कृती भएको मूलुकमा पर्दछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु