अपदस्थ श्रीमान ! खोई २ करोड २९ लाखको सुविधा सम्पन्न सरकारी गाडी ?

काठमाडौं । मन्त्री, प्रशासक र संबैधानिक निकायका प्रमुखहरु पदबाट हटेको सात दिनभित्र राज्यबाट लिएका सवै सुविधाहरु फिर्ता गर्नपर्ने कानुनी प्रावधान छ । तर राज्यकोष दोहनगरी महँगा सवारीसाधन लिनेहरुको सूचि भने निकै लामो बन्न थालेको छ ।

शैक्षिक योग्यताको प्रमाण पत्र र जन्ममिति विवादमा परेपछि गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीशबाट बाध्यकारी राजीनामा दिए । राजीनामा दिएर घर फर्केको आधा बर्ष बितिसकेको छ । तरपनि उनले प्रधानन्यायाशीशकारुपमा लिएका सुविधाहरु अझै त्याग गरेका छैनन् ।

प्रधानन्यायाधीशबाट विदा हुँदै गर्दा पराजुलीले १ करोड २९ लाखमा गाडी खरिद गरेका थिए । तर घर जाँदा उनले सर्वाधिक महँगो गाडी सँगै लिएर गएका छन् । १ करोड २९ लाखको गाडी उनले अझै फिर्ता गरेका छैनन् । सर्वाेच्च अदालतको नियमावलीमा पदबाट हटेको ७ दिनभित्र सवै सुविधाहरु बुझाउनु पर्ने प्रावधान छ । तर पराजुली पदबाट हटेको आधा बर्ष वितिसकेको छ । उनले न गाडी फिर्ता गरेका छन् नत अन्य सुविधा नै फिर्ता गरेका छन् । सर्वाेच्च अदालत प्रशासनले गाडी फिर्ता गर्न लिखित पत्र पनि पठाएको छ । तरपनि उनले अटेरी गरिरहेका छन् ।

राज्यकोषको दोहनगरी सरकारी सुविधामा रमाउने पूर्वमन्त्री, प्रशासक र संबैधानिक निकायका प्रमुखलाई कुनै पनि कारवाही हुन सकेको छैन । पदबाट हटेपछि पनि सवैभन्दा बढि सुविधान निर्वाचन आयोगका पूर्वपदाधिकारीहरुले लिइरहेका छन् । २९ सवारी साधनहरु निर्वाचन आयोगका पदाधिकारीहरुले प्रयोग गरिरहेका छन् ।

त्यसैगरी सवैभन्दा बढि सुविधा लिने राज्यको निकाय हो, गृहमन्त्रालय । गृहमन्त्रालयका पूर्व सचिव र पूर्वमन्त्रीले पनि राज्यकोषको दोहनगरी सुविधा लिइरहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु