मेस्सी र स्वारेज बिना मैदान उत्रेको बार्सिलोना बराबरीमै रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना हुएस्कासंग गोलरहित बराबरीमा रोकिएको हो । कप्तान लियोनल मेस्सी र लुइस स्वारेजबिना मैदान उत्रिएको बार्सिलोनाले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी रोकिएर अंक बाँडेको छ । हुएस्काविरुद्ध बार्सिलोनाले अधिकांस दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो ।

तर,हुएस्काविरुद्ध बार्सिलोनाले बल पोजिसनमा पकड जमाएको थियो । बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल भने गर्न सकेनन् । बार्सिलोनालाई मेस्सी र स्वारेजको अभाव खड्किएको थियो । यो बराबरीसंगै बार्सिलोनाले ३२ खेलबाट ७४ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एटथ्लेटिको मड्रिडको भन्दा १२ अंकले अघि रहेको छ । हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु