नेपालको जितमा बर्षा बन्यो बाधक, डीएल मेथडका आधारमा एक रनले पराजित

काठमाडौं । यू–१९ विश्वकपमा छनोटमा पहिलो खेल जितेको नेपालले दोस्रो खेल बर्षाका कारण पराजित भएको छ । खेल पानीले विथोलेपछि यूएईसँग डीएल मेथडका आधारमा नेपाल एक रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४७ रन बनाएको थियो ।

हरि चौहान र भीम सार्कीको अर्धशतकीय पारीले नेपाललाई बलियो ठाउँमा पुरयाएपनि बर्षाका कारण खेल जित्न सकेन । एक रनले नेपाल पराजित भएको छ ।
नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३० ओभरमा १२२ रन बनाउँदा बर्षाका कारण खेल स्थगित भएको थियो । ३ विकेटको क्षतिमा यूएईले १२२ रन बनाएको थियो । बर्षा नरोकिएपछि डीएल मेथडका आधारमा नेपाल १ रनले पराजित भएको छ । लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भयो ।

नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । तर, डीएलमा जाँदा राम्रो सुरुवात गर्न नसक्दाको मूल्य चुकाउन पुग्यो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु