अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मुलका युवा उम्मेदवार,नेपालीमा ठूलो उत्साह

सिड्नी । पहिलो पटक अष्ट्रेलियामा नेपाली युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् । सत्तासीन लिबरल पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो। अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा गरेको हो । संघीय संरचनामा यति ठूलो फड्को मार्ने सम्भवत संसारमा छरिएर बसेका नेपाली मुलका परमेज पहिलो युवा हुन्। अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपालीको बाहुल्यता रहेको वार्टन क्षेत्रबाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेपछि त्यस क्षेत्रका नेपालीमा ठूलो उत्साह देखिएको छ।

श्रेष्ठलाई मेम्मदवार बनाइएको बार्टन क्षेत्र अष्ट्रेलियन लेबर पार्टीको बर्चश्व भएको निर्वाचन क्षेत्र हो । नेपालीहरूको घना बस्ती भएको सिड्नीको रकडेललगायतका ठाउँहरू पनि यो क्षेत्रमा पर्छन् । ४ वर्षको उमेरमा बाबाआमासँग अष्ट्रेलियामा आएका श्रेष्ठ नेपालको नवलपरासी जिल्लाका हुन् । उनका बुवा मेघराज नवलपरासीका कृषी उद्यमी हुन् । उनी अष्ट्रेलियामा अष्ट्रेलियन विद्यार्थीको लागि यातायात छुट गराउने अभियानमा पनि थिए ।

उम्मेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास रहेको छ। यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हस्र्ट्भिल क्षेत्र पर्छ। यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु