‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ लाई सर्वोच्चको यस्तो फैसला

काठमाडौं । सर्वोच्च अदालतले ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ कृतिमाथि परेको मुद्दाको फैसला सार्वजनिक गरेको छ । बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्चले विद्वानलाई इशारा नै काफी छ भन्दै कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्तिले वादी समुदायमा आघात पुग्न नहुने तर्फ सचेत गराएको छ ।

कुनैपनि साहित्य सिर्जनाका सन्दर्भमा कसैको पनि मानरसम्मान, ईज्जत, प्रतिष्ठा वा भावनामा आघात पार्ने काम कसैबाट हुन नहुने ठहर सर्वोच्चको छ । सामाजिक यथार्थ चित्रण गर्ने नाममा कुनै जातजाती, वर्ग वा समुदायको सम्मान र प्रतिष्ठामा आघात पार्ने कार्य हुनु शोभनीय नहुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ । सर्वोच्चले वादी समुदायसँग भएको सहमति कार्यान्वयन गर्न र जातजातिप्रति घृणा र द्वेष फैलाउने शब्दचित्रसहितका चलचित्र प्रर्दशन गर्ने कुरामा पनि रोक लगाउन निर्देशनात्मक आदेश जारी गरेको छ ।

सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र फिल्म ‘पण्डित बाजेको लौरी’माथि केही महिनाअघि वादी समुदायका अगुवा मीना नेपालीलगायतले मुद्दा दायर गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु