सीके राउत र भारतीय राजदूतबीच जम्काभेट

काठमाडौं । सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएका सीके राउत र भारतीय राजदूत मन्जिभ सिंहबीच जनकपुर एयरपोर्टमा भेटवार्ता भएको छ । सो क्रममा प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि सहभागि थिए ।

बिहीबार मध्यान्ह काठमाडौं प्रस्थानका लागि भारतीय राजदूत विमानको प्रतिक्षामा थिए । त्यही बेला काठमाडौंबाट जनकपुर फर्किएका सीके राउत र प्रदेश प्रमुख कायस्थसँग पुरीको जम्काभेट भएको बताइएको छ । जम्काभेट भएपनि तीनै जना व्यक्ति विमानस्थलका विशिष्ट कक्षमा बसेर केहीबेर भलाकुसारी भएको थियो ।

सो क्रममा सीके राउतको जनमत पार्टी गठन भएपछिको राजनीतिक माहोल, प्रदेश २ को समयसामयिक अवस्था र नेपाल भारतबीचको सम्बन्धका विषयमा सामान्य छलफल भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु