प्रधानमन्त्रीसहित शीर्ष नेताहरुबीच मध्यरातमा चन्द्रागिरीमा वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुबीच गएराती मध्यरातसम्म राजधानीको चन्द्रागिरीमा गोप्य छलफल भएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा पुगेर गोप्य छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार पार्टी एकता लगायतका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेका हुन् । बैठकमा पार्टीभित्र देखिएको विवादलाई कसरी मिलाएर एकता सम्पन्न गर्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु