विप्लवका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाशलाई रिहा गर्न सर्वाेच्चद्धारा अस्वीकार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’लाई रिहाको आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । छोरीले दायर गरेको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गर्दै सर्वाेच्च अदालतले रिहाको आदेश खारेज गरिदिएको हो ।

न्यायाधीशद्धय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने आदेश दिएको छ । बाबु हेमन्तप्रकाश ओली पक्राउ परेपछि छोरी विपनाले रिट दायर गरेकी थिइन । ओलीलाई बुधबार सर्वोच्च उपस्थित गराइएको थियो। उनी उपस्थित गराइएको इजलासबाट रिहाको मागलाई सर्वाेच्चले अस्वीकार गरिदिएको छ ।

९ चैतमा ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । बाबु पक्राउ परेपछि विपनाले १३ चैतमा आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेका भन्दै रिहाईको माग गरेकी थिइन । नख्खु बिस्फोटको औपचारिक जिम्मा लिएपछि ओलीलाई प्रहरीले सर्वाधिक खोजिको सूचिमा राखेको थियो । खोजिकै क्रममा उनी काभ्रेबाट पक्राउ परेका थिए । उनी विप्लव नेकपाका तेस्रो वरियताका नेता हुन् । ओलीसँगै धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु