अब सबै तहमा नेकपाको स्थानीय तह दल, दलको नेता बन्ने यस्तो छ व्यवस्था

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अब हरेक स्थानीय तहमा स्थानीय तह दल गठन गर्ने भएको छ । केहीदिन अघि बसेको प्रदेश ३ दलको बैठकपछि जारी सर्कुलरमा निश्चित समयमा स्थानीय तह दल गठन गर्ने उल्लेख गरिएको छ । सर्कुलर अनुसार वैशाख १५ भित्र प्रदेश ३ का सबै स्थानीय तहमा पार्टीका स्थानीय तह दल गठन हुनेछ । स्थानीय सरकारमा पार्टीको नेतृत्व स्थपना र समन्वय गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा वैशाख १५ सम्म स्थानीय तह दल र स्थानीय तह बोर्ड अनिवार्य गठन हुनुपर्ने निर्देशनमा उल्लेख छ । प्रदेश ३ को पहिलो बैठकपछि अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले जारी गरेको परिपत्रमा स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय तह दल र स्थानीय तह बोर्ड गठन गर्न निर्देशन दिएको हो ।

स्थानीय तहमा दलको नेता सम्बन्धित पालिकाको मेयर वा गाउँपालिका प्रमुख हुनेछन् । यदि प्रमुख नजितको ठाउँमा उपप्रमुख र प्रमुख उपप्रमुख नजितेका ठाउँमा पार्टीमा वरिष्ठताको आधारमा वडाध्यक्ष वा सदस्य स्थानीय तह दलको नेता हुनेविधानमा उल्लेख छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु