दक्षिण अष्ट्रेलियामा नेपाल फेष्टिवलको सम्पूर्ण तयारी पूरा

अष्ट्रेलिया । सन्जीव आर्याल ,दक्षिण अस्ट्रेलिया । अष्ट्रेलियामा ‘नेपाल फेष्टिवल,(Nepal Festival) हुने भएको छ । नेपाल फेष्टिवल २०१९ नाम दिईएको नेपाल फेष्टिवल आवासीय नेपाली सङ्घ दक्षिण अष्ट्रेलियाको आयोजनामा एडिलेटमा यहि अप्रिल १४ (बैशाख १) तारिख हुनेछ । फेष्टिवलको लागि खटिरहनु भएका एनआरएन दक्षिण अष्ट्रेलियाका संयोजक अशोक केसी का अनुसार नेपाल फेस्टिबलमा नेपाली पहिचान झल्कने झाँकीहरु र भाषाभाषीको रितीरिवाजहरु र खाना मेलामा प्रस्तुत गरिनेछ । मेलाको व्यवस्थापनको तयारी पूरा भएको र अन्तिम हप्ता प्रचारको काम जोड दिईरहेको केसीले बताए । मेलामा देश विदेशवाट बाक्लो रुपमा उपस्थिती रहने आयोजकको जनाएका छन् ।

मेलामा नेपाली खाना सहितको डिनरमा नेपाली पहिचान झल्कने खानाहरु हुनेछन् । नेपाल बाहिर विभिन्न स्थानमा भएका यस्ता कार्यक्रमहरले नेपाल र नेपालीको पहिचान एकता, रितीरिवाज, भाषाशैली प्रद्धदन गर्न नेपाललाई चिनाउन अहम भूमिका खेलिरहेको छ ।

यस्ता कार्यक्रममा विशेषगरि नेपाली मौलिकता झल्कने खालको गीत,रितिरिवाज र संस्कृतीलाई झल्काउन सके अझै धेरै महत्व राख्ने विज्ञहरु बताउँछन् । आयतित गीत भन्दा नेपाली भूमिमा नै उत्पादन भएका आफ्नै मौलिकता झल्कने गीत, भजन, योग, ध्यान,तप, लोकदोहोरी, लोक बाजा, झाँकीलाई प्रस्तुत गर्न सके यस्ता कार्यक्रम अझ थप ओझिलो, प्रभावकारी र औपचारिकतावाट माथि उठ्न सक्ने अष्ट्रेलिया लगायत विश्वको कयौ भूमिमा नेपालीको पहिचान र नेपालको प्रर्वद्धन गर्दै आईरहनु भएको योगगुरु आचार्य राजन शर्मा

ले बताउंनु भयो ।  दक्षिण अष्ट्रेलिया सरकारकी मन्त्री जिङ लि, त्यसै गरि बिपक्षी दल लेबर पार्टीका नेताहरु रसेल वाट्ले लगायतले भिडियो मार्फत कार्यक्रममा दक्षिण अष्ट्रेलियावासीलाई कार्यक्रम उपस्थितिका लागि अनुरोध गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु