सामानान्तर कमिटीको चेतावनीपछि ओली र प्रचण्ड शीर्ष नेतासँग एक्लाएक्लै छलफलमा

काठमाडौं  । दुई अध्यक्षले एकलौटी जिल्ला र जनवर्गीय संगठन गठनको प्रक्रिया थालेपछि असन्तुष्ट बनेका नेकपा शीर्ष नेताहरुलाई मनाउने प्रयास थालिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट प्रभावशाली नेताहरुलाई मनाउने प्रयास थालेका छन् ।
पार्टी एकताको ११ महिना पुगिसक्दा पनि जिल्ला, स्थानीय र जनवर्गीय संगठनको एकता हुन सकेको छैन । पार्टीभित्र असन्तुष्टी र आक्रोस बढन थालेपछि दुई अध्यक्षले जिल्ला कमिटी गठनको गृहकार्य थालेका थिए । अध्यक्ष प्रचण्डले अमेरिकाबाट फर्केको केही दिनमा एकताको काम सकिने घोषणा पनि गरेका थिए । तर अध्यक्ष दाहाल फर्केको आधा महिना सकिदासम्म एकताको प्रक्रिया अघि बढ्न सकेको छैन ।

नेकपाको पार्टी एकतामा पूर्व एमाले र पुर्व माओवादीबीच भागबन्डा गरिएको छ । तर पूर्व एमालेमा अध्यक्ष ओलीले एकलौटी सूचि निर्माण गरेपछि बरिष्ठ नेता माधव नेपालले सामानान्तर कमिटी बनाउने चेतावनी दिएका थिए । उनले विधि र प्रक्रियाभन्दा बाहिर गएर एकता प्रक्रिया थालिए सामानान्तर कमिटी बनाउने तयारी पनि थालेका छन् ।

अध्यक्षद्धयले बनाएको सूचिमा वरिष्ठ नेता नेपाल, भलनाथ खनाल, बामदेव गौतम रुष्ट बनेका छन् । त्यसैगरी सचिवालय सदस्य इश्वर पोखरेल पनि पछिल्लो समय खुसी छैनन् । असन्तुष्ट बनेका नेताहरुलाई मनाउन अध्यक्षद्धयले छुट्टा छ्ट्टै भेटघाट थालेका छन् । पछिल्लो समय बढि असन्तुष्ट बनेका नेता बामदेव गौतमलाई आइतबार प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छलफल गरेका थिए भने सोमबार इश्वर पोखरेलाई बालुवाटार बोलाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु