विराटको आरसीबी अझै जित विहिन,दिल्लीको सहज जित, सन्दीपले बनाए रेकर्ड

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । आईतबार भएको खेलमा दिल्लीले बैंगलोरलाई ४ विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य दिल्लीले ७ बल अगावै ६ विकेट गुमाएर पुरा गर्यो । कप्तान श्रेयस ऐयर चम्किदाँ दिल्लीले महत्वपूर्ण जित दर्ता गरेको हो । उनले ६७ रनको उत्कृष्ट पारी खेलेका थिए । युवा ब्याट्सम्यान तथा ओपनर पृथ्वी शाले २८ तथा कोलिन ईनग्रामले २२ रनको योगदान गरे । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।

त्यसअघि बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वा्धिक ४१ रन बनाए । यस्तै मोइन अलीले ३२ तथा आकाश दीप नाथले १९ रन बनाए । एबी डी भिलियर्स १७ रनमा आउट हुँदा मार्कुस स्टोइनिसले १५ रन बनाए ।

बैंगलोरलाई सस्तैमा समेट्न दिल्लीका कागीसो राबडाले २१ रन खर्चिएर ४ विकेट लिए । यस्तै क्रिस मोरिसले २ विकेट झारे । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४६ रन खर्चिएर १ विकेट लिए । बैंगलोरविरुद्ध १ विकेट लिएसंगै सन्दीपले टीट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरे । दिल्लीले ६ खेलबाट ६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रह्यो । बैंगलोर अंक विहिन हुँदै पुछारमा रह्यो । बैंगलोर प्रतियोगितामा अझै जित विहिन छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु