बिर्सिंदै जनआन्दोलन दिवस: कसरी भयो आन्दोलन,के भएको थियो चैत २४ मा ?

काठमाडौं । २०४६ सालको चैत २४ लाई जनआन्दोलन उत्कर्षमा पुगेको दिनमा रुपमा लिइन्छ । त्योबेला राजतन्त्रको विरोध गर्दै काठमाडौंको दरबारमार्गमा रहेको महेन्द्रको सालिक ढाल्न खोज्दा ४ जनाले ज्यान गुमाएका थिए । चैत २४ गतेका दिन काठमाडौं, ललितपुर र भक्तपुरमा सबैतिरबाट जति जुलुसहरू टुडिखेलतिर जम्मा हुदै थिए, त्यतिबेलाको नारा थियो राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! तर, चैत २६ गतेको दिन पञ्चायतको मात्रै अन्त्य गरीकन संवैधानिक राजतन्त्रका निम्ति सम्झौता भयो । प्रहरीले लाठी, बूट, गोली र अश्रुग्यासलगायतका सबै औजार प्रयोग गरेर जनतालाई दमन ग-यो ।

चैत्र २२ गते पाटनको कृष्णमन्दिरबाट केही सुरक्षाकर्मीलाई स्थानीय जनताहरूले नियन्त्रणमा लिई बन्दी बनाए । सारा पाटन शहरका जनताहरू मिलेर पाटनलाई बाहिरबाट कोही आउन नसक्ने गरी बन्द गराए। सूरक्षाकर्मीले व्यापक दमन गरेपछि पाटनका जनता घरमा भएका घरायसी हतियार हातमा लिएर सडकमा उत्रे । विभिन्न ठाउँमा गोली चल्यो ।

जति दमन बढाएपनि जनताको दृढता अलिकति पनि बिचलित नभएको देखी चैत्र २४ गते राती राजाले एक घोषणामार्फत् मरिचमान सिंहको मन्त्रीमण्डल बिघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा ३ सदस्सीय मन्त्रीमण्डल गठन गरे । राजाको २४ गतेको घोषणाले आन्दोलनमा कुनै असर पारेन । जनताहरू झन् आक्रोशित रूपमा सडकमा उत्रिए । अन्त्यमा केही नलागेपछि राजाले जनतासामु घुँडा टेके र चैत्र २६ गते राती एक सम्वोधनमार्फत् संविधानमा रहेको निर्दलीयता शब्द हटाएको घोषणा गरे। त्यसको भोलिपल्ट आन्दोलनकारीका तर्फबाट ४ जनाले राजासँग भेटेपछि संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक अधिकारको प्रत्याभूति दिलाउने सर्तमा आन्दोलन स्थगित भएको थियो ।

कसरी भयो आन्दोलन ?
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आन्दोलन सुरु भएको थियो। काङ्ग्रेस नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका थिए। नेकपा ९माले०, नेकपा ९मार्क्सवादी० नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीले संयुक्त वाममोर्चाको निर्माण गरेका थिए भने नेकपा ९मसाल० लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए।
फागुन ७ गते काठमाडौँ लगायत देशभरि सुरु भएको आन्दोलनमा ठूल्ठूला जुलुस निस्किए। दिनदिनै आन्दोलनकारीहरू बढेर जान थाले। विद्यार्थी, शिक्षक, पत्रकार, वकिल, डाक्टर, उद्योगी, व्यापारी, कर्मचारी लगायत पेशा र व्यवसायका संस्था तथा व्यक्तिहरू आन्दोलनमा सरिक भएका थिए। जनआन्दोलनमाथि व्यापक दमन गरियो।

आन्दोलनमा सहभागी दर्जनौँ मारिएत्र सयौँ घाइते बनाइए र हजारौँलाई गिरफ्तार गरियो। आन्दोलनमा जति दमन हुँदै जान्थ्यो, आन्दोलनकारीहरू त्यति थपिँदै जान्थे। त्यो आन्दोलनको केन्द्रबिन्दु काठमाडौँ उपत्यका थियो। तर देशैभरि आन्दोलनको आँधीबेहरी बढ्दै गयो। मूल रूपमा विराटनगर, झापा, वीरगञ्ज, सिन्धुली, भैरहवा, नेपालगञ्ज, दाङ, पोखरा जस्ता ठूला शहरहरूमा सशक्त आन्दोलन उठेका थिए। अन्य साना सहर र जिल्ला सदरमुकाम पनि आन्दोलनमय भएका थिए।

चैत २२ गते पाटनको कृष्णमन्दिरमा जनताले प्रहरीलाई नियन्त्रणमा लिई बन्दी बनाएका थिए। पाटनका सम्पूर्ण जनताले बाहिरबाट कोही पनि आउन नसक्ने गरी पाटनलाई मुक्त क्षेत्र घोषणा गरेका थिए। उनीहरू घरायसी हतियार समेत लिएर आन्दोलनमा सामेल भएका थिए। सबै नेपाली पञ्च र सबै पञ्च नेपाली भन्ने पञ्चहरू आन्दोलनका बेलामा कहाँ थिएरु वास्तवमा उनीहरू समाप्त हुनै लागेका थिए। र, उनीहरूले सञ्चालन गरेको शासन ढल्न लागेको थियो।

जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र केही झुक्न बाध्य भए। चैत २४ गते उनले जनआन्दोलनमा दमनमा उत्रिएको मरिचमान सिंहको मन्त्रिमण्डल विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। उक्त मन्त्रीमण्डल २ दिन, २ रात मात्रै कायम रह्यो। चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आम हड्तालको आयोजना गरेको थियो। उक्त बन्द अभूतपूर्व रूपले सफल भएको थियो। दरबारमार्ग अगाडि रहेको राजा महेन्द्रको शालिक चैत २४ गते नै फोरिएको थियो। उक्त शालिक फोर्नेमध्ये करिब आधा दर्जन आन्दोलनकारीलाई प्रहरीले गोली हानी शालिकबाट खसालेको थियो।

राजाले चैत २४ गते राती लोकेन्द्रबहादुरलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिए जस्तै भयो र आन्दोलनले झन ठूलो रूप लिँदै गयो। २५ र २६ गते पनि जनताको आन्दोलन देशभर जारी रह्यो। २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलन लगातार ५० दिनसम्म चल्यो। राजा वीरेन्द्रमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको थियो। आन्दोलनले नेपालमा मात्रै होइन, विश्वव्यापी समर्थन प्राप्त गरेको थियो। नेपाल विश्वबाट टाढा हुन सक्दैनथ्यो। पञ्चायती व्यवस्थाले विश्वको समर्थन गुमाउँदै गएको थियो, एक्लिँदै गएको थियो। आन्दोलनकारीले विश्वव्यापी समर्थन पाउँदै गएका थिए। आन्दोलन थेग्न नसकेपछि राजाले आन्दोलनकारीलाई वार्तामा बोलाए। राजासँग आन्दोलनकारीको तर्फबाट काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो। त्यति बेला वार्ता पनि भनिँदैनथ्यो, दर्शनभेट भनिन्थ्यो।

राजाले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री, प्रधान न्यायाधीशसहित संवैधानिक निकायका प्रमुखलाई तिमी भनेर सम्बोधन गर्दथे। राजदरबारमा काङ्ग्रेस, वाममोर्चा र राजाको बीचमा वार्ता भयो। उक्त वार्ता पञ्चायती व्यवस्थाको समाप्ती र बहुदलीय व्यवस्थाको स्थापना गर्ने सम्झौतामा टुङ्गियो। अन्ततः राजा वीरेन्द्रले आन्दोलनकारीका सामु घुँडा टेके र चैत २६ गते राती शाही सम्बोधन गर्दै बहुदलको घोषणा गरे। राजबन्दीहरू रिहा भए। खुशीयालीमा देशैभरी विजय जुलुस निस्किए। यसरी २०४६ साल चैत २६ गते मध्य रातमा तीस वर्षे पञ्चायती व्यवस्थाको अवसान भयो। देशमा बहुदलीय व्यवस्थाको पुनरुदय भयो।

Comments

comments

सम्बन्धित शिर्षकहरु