आइपीएलमा जोसेफको दुलर्भ रेकर्ड,पहिलो खेलमा नै तोडियो किर्तिमानी

एजेन्सी । विश्वका स्टार खेलाडी सचिन तेन्दुलकरले पहिलो दोहोरा सतक बनाउँदा भनेका थिए रेकर्ड भनेको ब्रेक गर्नकै लागि बन्ने गर्दछन् । शनिवार इन्डियन प्रिमियर लिगमा एउटा फेरी रेकर्ड बनेको छ । शनिबार राति मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलमा रकर्ड बनेको हो ।

पहिले ब्याटिड गरेका मुम्बई ले १३७ रनको बनाएको थियो । आइपीएलका लागि निकै कम स्कोर पनि थियो । चेस गर्न हैदराबादलाई कुनै ठुलो चुनौति थिएन । तर आइपीएलमा पहिलो डेब्यू गरेका बेष्टइन्डिजका खेलाडी जोसेफले तक्ता नै पलट दिए । ३ ओभर ४ बलमा १२ रन खर्चेर ६ विकेट लिएर उनले आफ्नो टिमलाई मात्र जिताएनन् आइपीएल रेकर्ड समेत बनाए । एउटै खेलमा सबैभन्दा बढि विकेट लिन खेलाडी जोसेफ बने । ११ वर्षअघिको कीर्तिमान उनले भंग गरेका छन् ।

यसअघि यो कीर्तिमान राजस्थान रोयल्सबाट खेलेका पाकिस्तानी खेलाडी सोहेल तनवीको नाममा थियो । उनले चेन्नई सुपरकिंग्ससँगको खेलमा चार ओभरमा १४ रन दिएर ६ विकेट लिएका थिए । तर जोसेफले अर्को कीर्तिमान पनि बनाएका छन्, त्यो हो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन । उनी शनिबार राति आइपिएलमा पहिलो पटक खेलेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु