किङ्स इलाभेन पन्जाबलाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

काठमाडौं । चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पाँचौ खेलमा किङ्स इलाभेन पन्जाबलाई २२ रनले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । एमए चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पन्जाबले पुरै २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि सर्फराज खानले ६७ र केएल राहुलले ५५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । प्लेसिसले ५४ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ३७ तथा अम्बाती रायाडुले अविजित २१ रन बनाए । चेन्नईका शेन वाट्सन २६ रनमा आउट हुँदा सुरेश रैनाले १७ रन बनाए । पन्जाबका रविचन्द्र आश्विनले ३ विकेट लिए । जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ५ खेलबाट ८ अंक जोडेको छ । पन्जाब ६ अंक सहित चौथो स्थानमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु