रसेल चम्केपछि कप्तान विराट कोहलीको टोलीको अर्को हार,कोलकता विजयी

एजेन्सी । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङ गरेपछि इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्लोरले लगातार पाँचौ हार बेहोरेको छ। शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो ।

आन्द्रे रसेलले १३ बलमा ७ छक्का र १ चौकाको सहयोगमा नटआउट ४८ रन बनाएपछि कोलकाताले रोमाञ्चक जित हासिल गरेको हो। कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटाउन सफल भएको हो ।

कोलकतालका जितका लागि आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे । १३ बल खेलेका रसेलले ७ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ४८ रनको योगदान गरे । क्रिश लिनले ३१ बलमा ४ चौका र २ छक्काको मद्दतले ४३ रन बनाए भने नितिश रानाले ३७, रोविन उथप्पाले ३३, दिनेश कार्तिकले १९, सुनल नारइने १० र शुभमन गिलले ३ रन बनाए ।

बैंग्लोरका लागि पवन नेगी र नवदीप सैनीले समान २(२ विकेट लिए भने युजभेन्द्र चाहले १ विकेट लिए ।

यसअघि बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । बैंग्लरका लागि ४९ बलको सामना गरेका कप्तान कोहलीले ९ चौका र २ छक्काको मदतमा ८४ रन बनाएका थिए । ३२ बल खेलेका एबी डी भिलियर्सले ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए । पार्थिब पटेलले २५ रन बनाए । मार्कुस स्टोनिसले अबिजित २८ रन बनाए ।

कोलकत्ताका लागि नितेश राना ,कुलदिप यादब र सुनिलले १–१ विकेट लिएका थिए । निरन्तर चार खेल हारेरे अंक तालिकाको पुछारमा रहेको बैंग्लोरले पाँचौ खेलमा पनि जित फर्काउन सकेन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु