अष्ट्रेलियामा फेसबुक सम्बन्धि नयाँ कानुन पारित,होस् गर्नुहोस् जानुपर्ला जेल !

अष्ट्रेलिया । अष्ट्रेलियाको संसदले सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटना राख्ने प्रयोगकर्तालाई थुनामा राख्ने कानुन पारित गरेको छ । यो कानुन बिहीबार अष्ट्रेलियाको संसदले पारित गरेको हो । कानुनले विभत्स हिंसात्मक सामग्रीभित्र आतङ्कवाद, हत्या, हत्याको योजना, यातना, बलात्कार र अपहरणलाई समेटिएको छ ।

साथै विश्वका जुनसुकै स्थानबाट सञ्चालित अनलाइन माध्यमले अस्ट्रेलियामा हुने विभत्स हिंसात्मक अपराधको प्रशारण गरेमा अष्ट्रेलिया संघीय प्रहरीलाई जानकारी गराउनुपर्नेछ नियम पनि यस्मा रहेको छ । अष्ट्रेलिया प्रहरीलाई त्यस्ता हिंसात्मक विवरण जानकारी नगराउने सामाजिक सञ्जालका प्लेटफर्ममाथि पनि करिब ६ लाख अमेरिकी डलर क्षतिपूर्ति भराइनेछ ।

नयाँ विधेयकमा सामाजिक सञ्जालका अनलाइन माध्यमहरुले कुनै पनि ‘विभत्स हिंसात्मक सामग्री’ तत्काल नहटाएमा त्यसलाई फौजदारी अभियोगमा कारबाही गरिने व्यवस्था गरिएको छ ।विधेयकमा दोषी ठहरिएका व्यक्तिलाई तीन वर्षको जेल सजायका साथै ७५ लाख अमेरिकी डलर वा त्यस्ता अनलाइन वा सामाजिक सञ्जालको वार्षिका कारोबारको १० प्रतिशतमध्ये जुन बढी हुन्छ त्यति क्षतिपूर्ति तिर्नु पर्नेछ ।

न्यूजील्यान्ड गोलीकाण्ड पछि अष्ट्रेलियामा यस्तो कानुन ल्याइएको हो । तर यस्तो कानुनमाथि धेरैले आलोचना गरेका छन । उनीहरुले अष्ट्रेलिया जस्तो लोकतान्त्रिक मुलुकमै अनलाइन सञ्चारका बारेमा कठोर कानुन पारित हुनु दुखद रहेको बताएका छन । उनीहरुले नयाँ कानुनका कारण अष्ट्रेलियामा मिडियामा सेन्सरसीप बढ्ने र लगानी पनि घट्ने दाबी गरेका छन् ।

न्यूजील्यान्डको क्राइस्टचर्चमा गत मार्च १५ मा मुस्लिम समुदायको मस्जिदमा भएको गोलीकाण्डको भिडियो फेसबुक लगायतका सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिएपछि अष्ट्रेलिया सरकारले नयाँ कठोर विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु