नेपाली मात्र होईन नेपालका जनावर पनि अष्ट्रेलियामा लोकप्रिय

सञ्जिव, अर्याल अष्ट्रेलिया । नेपाली जनावार रेडपाण्डा अष्ट्रेलियामा लोकप्रिय बनेको छ । अष्ट्रेलियाको तासमानियाको एउटा चिडियाघरमा नेपालको “तेन्जिङ, नाम गरेको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा   लोकप्रिय बनेको हो । अष्ट्रेलियामा सिमित मात्रामा रहेको रेडपाण्डाको जनसंख्या बढाउनलाई तासमानियाको चिडिया घरमा ल्याईएको चिडियाघरको प्रमुखले बताए । तासमानियाको चिडिया घरको प्रमुख रचेलले बताए अनुसार नेपाल हुँदै न्युजिल्याण्ड पुर्‍याएको  रेडपाण्डा लाई न्युजिल्याण्डवाट अष्ट्रेलिया ल्याईएको हो ।

नेपालमा घट्दो क्रममा रहेको रेडपाण्डाको संख्या विश्वभर नै ३ सयको हाराहारीमा रहेको तथ्याडकले देखाएको छ । नेपाली रेडपाण्डालाई अष्ट्रेलिया ल्याएपछि हेर्न जानेको घुईचो समेत लागेको छ ।  रेडपाण्डा लाई अष्ट्रेलिया ल्याएको समाचारले अष्ट्रेलियाको विभिन्न पत्रपत्रिकामा प्रमुखताको साथ स्थान पाएको भने तासमानियाको प्रमुख पत्रिका ‘Examiner,  पनि प्रमुखताको साथ समाचार बाहिर ल्याएको छ ।

अस्टियाको भियानामा सयअघि एकसिंगे गैंडा पनि यसैगरि लोकप्रिय बनेको थियो । चिडियाघरले असनेपाल न्युजलाई बताए अनुसार यसले केहि दिनमै प्रजननक्रियामा सरिक हुनेछ । गर्नेछ । नेपालको राष्ट्रिय निकुञ्जवाट ल्याईएको रेडपाण्डालाई पोथीसँगै राखिएको छ । रेडपाण्डाको समाचार सार्वजनिक भएसँगै नेपालको चासोपनि धेरैले लिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु