पीडितका नाममा राहत व्यवस्थित नहुँदा कतै राहतको खात, कतै पुर्पुरोमा हात

काठमाडौं । बारा, पर्साका हावाहुरी पीडित राहतका कारण झनझन विह्वल बन्दै गएका छन् । पीडितका नाममा जिल्लामा धेरै राहत पुगेपनि त्यसको वितरण व्यवस्थित नहुँदा पीडामा रहेका पीडित झन दुःखी भएको नागरिक दैनिकमा खबर छ । कुनै क्षति नभएकाहरु राहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावितहरु पखा लागेर रमिता हेर्ने अवस्था उत्पन्न भएको छ ।

तीन सन्तान जोगाए पनि आमा र पत्नी गुमाएका भीम दास तात्वाले हावाहुरीले निम्त्याएको विनासले भावविह्वल भएको बताएका छन् । उनले हावाहुरीसँगै धर्ती नै कम्पन गरेको जस्तो लागेको उनले बताएका छन् ।

हावाहुरी पीडितका लागि राहत वितरणमा स्थानीय सरकार मात्र जुटेको छ । केन्द्र र प्रदेश सरकारले राहतको घोषणा गरेपनि पीडितले पाएका छैन् । अहिले प्रभावित क्षेत्रमा खाद्यान्नको व्यवस्था तथा घरबारबिहीन भएकाहरुको उचित व्यवस्थापन ठूलो चुनौतिको विषय बन्दै गएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु