उपत्यकाको चार शहरको डीपीआर यसैवर्ष, कहाँ–कहाँ बन्नेछन् नयाँ शहर ?

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरकोे डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ । भण्डारीले डिपिआरबाट प्राप्त हुने रिपोर्टको आधारमा ल्याण्डपुलिङ मार्फत नै काम अगाडि बढाइने उनले बताए । नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।
पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जानेबाटोसम्म फैलिने छ । त्यसैगरी उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्ने छ ।
अरनिको राजमार्गको सूर्यवनायक चोकदेखि मन्दिरसम्म त्यहाँबाट सूर्यविनायकको जङ्गललाई बाहिर पार्दै शहर निर्माण हुनेछ । पश्चिममा शहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमानालाई छुने छ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जङ्गल छेउ, अनन्त लिङगेश्वर, फेदी तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

ललितपुरमा पूर्वमा छ्यासिकोटदेखि साविकको सैवु सीमाना हुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ। पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैवु गाविसको सिमाना छुनेछ। दक्षिणतर्फ भने बागमती नदिसम्म फैलने छ। यी दुवै शहरको क्षेत्रफल १०÷१० हजार रोपनी हुनेछ छ ।

काठमाडौंमा निर्माण हुने नयाँ शहर १० हजार रोपनी क्षेत्रफलमा नै फैलनेछ । पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास पुग्नेछ । पश्चिममा काभ्रेस्थली, बाइपास जाने मुख्य सडकसम्म जोडिने छ। उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुलसम्म पुग्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु