हारबाट जोगियो बार्सिलोना

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ। लिग लिडर बार्सिलोनाले १० खेलाडीमा झरेको भिल्लारियलविरुद्ध ४–४ को बराबारी खेल्यो। खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोल मार्फत अग्रता बनाएको बार्सिलोनाले १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शुन्यले अगाडी रहेको थियो।

तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल गर्न सफल भयो। २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्‍याए।

६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्यो। तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा सिमित हुन पुग्यो। यसको फाइदा उठाउँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो। ९० औं मिनेटमा मेस्सीले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेट लुइस स्वारेजले गोल गर्दै टिमलाई हारबाट बचाए। बराबरीपछि बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु