अफ्रिदी र रासिद खानलाई पछि पार्दै सन्दीप सर्वाधिक विकेट लिने स्पिनरकाे अग्रपंत्तिमा

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ को बर्ष टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका छन् । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार पञ्जाब विरुद्ध २ विकेट लिएपछि सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।

दिल्ली क्यापिटल्समा रहेका सन्दीपले किङ्गस इलाभेन पन्जाबविरुद्ध २ विकेट लिएपछि उक्त कीर्तिमान बनाएका हुन् । पन्जाबविरुद्धको २ विकेटसंगै सन्दीपले सन् २०१९ मा २७ विकेट लिन सफल भएका छन् । सन्दीपले विभिन्न राष्ट्रको लिगमा गरि २७ विकेट हात पारेका हुन् । गत सिजनको आईपीएलमा डेब्यु गरेपछि व्यस्त रहेका सन्दीपले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगालदेश प्रिमियर लिग खेलेका थिए ।

सन् २०१९ को ट–20 क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा सन्दीपले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगालदेशका शाकिब अल हसनलाई पछि बनाए । दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् भने राशिदले २५ विकेट लिएका छन् । हसनले २४ विकेट लिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु